आईपीएल : कोलकातामाथि राजस्थानको रोमाञ्चक जित


 


एजेन्सी, वैशाख ६
राजस्थान रोयल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा कोलकत्ता नाइट राइडर्समाथि रोमाञ्चक जित निकालेको छ ।

गएराति भएको खेलमा राजस्थानले कोलकत्ता नाइट राइडर्समाथि ७ रनको रोमान्चक जीत निकालेको हो ।

राजस्थानले दिएको २ सय १८ रनको लक्ष्य पछ्याएको कलकत्ताले १९ ओभर ४ बलमा अलआउट हुँदै २ सय १० रन मात्र बनाउन सक्यो ।

यस अघि पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ५ विकेट गुमाएर २ सय १७ रन जोडेको थियो ।

जीतसँगै राजस्थान अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ ।

प्रकाशित मिति: ६ बैशाख २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्