आईपिएल : लखनउविरुद्ध बैंग्लोर विजयी, उक्लियो दोस्रो स्थानमा



एजेन्सी, वैशाख ७
भारतमा जारी इण्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर्स बैंग्लोरले पाँचौं जित निकालेको छ ।

मंगलबार राति लखनउ सुपर जायन्ट्सलाई १८ रनले हराउँदै लिगमा पाँचौं जित निकालेको हो । उसले ७ म्याच खेल्दा दुई खेलमा मात्र हार बेहोरेको छ ।

जितसँगै आरसिबी अंक तालिकाको दोस्रो स्थानमा पनि उक्लिएको छ । लखनउ चौथो स्थानमा छ । उसले सात खेलमध्ये चारमा जित र तीन खेलमा हारको सामना गरेको छ ।

आफ्नो सातौं खेलमा आरसिबीले दिएको १८२ रनको लक्ष्य पछ्याएको लखनउले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६३ रन मात्र बनाउन सक्यो ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News