सूर्य नेपाल गल्फ टुर : सन्जय र भुवनको अग्रता


 


काठमाडौं, वैशाख ७
सूर्य नेपाल गल्फ टुर २०२१-२२ अन्तर्गतको छैटौं इभेन्ट सुर्य नेपाल च्यालेन्जको बुधवार भएको दोस्रो चरणको खेलमा सन्जय लामा र भुवन कुमार रोक्काले अग्रता लिएका छन् । खेल रोयल नेपाल गल्फ क्लबको पार-६८ मा भएको थियो।

सञ्जयले आज ६-अण्डर ६२ को स्कोर बनाए भने भुवनले लगातार दोस्रो पटक ४-अन्डर ६८ खेल्दै ३६ होलमा ८-अन्डर १२८ को कुल स्कोर बनाए।

सूर्यप्रसाद शर्मा आज ४-अन्डर ६८ खेल्दै ७-अन्डर १२९ को कुल स्कोर बनाएर शीर्ष खेलाडीहरू भन्दा एक शट पछाडि रहेका छन्। दिपक मगरले आज २-अन्डर ६६ बनाएर ६-अन्डर १३० को कुल स्कोरमा एक स्ट्रोक पछाडि रहेका छन्।

भुवन नगरकोटी र अघिल्लो चरणका लिडर रवि खड्का ५-अन्डर १३१ मा रहेका छन्। भुवनले २-अन्डर ६६ र रविले १-ओभर ६९ खेलेका थिए।

दिनेश प्रजापति, निरज तामाङ र एमेच्योर सुवास तामाङ ३-अन्डर १३३ मा रहेका छन्। दिनेशले ४-अन्डर ६४ को स्कोर खेले भने निरज र सुवासले १-अण्डर ६७ को स्कोर बनाए।

जयराम श्रेष्ठ र धनबहादुर थापा १- अन्डर १३५ मा रहे। जयरामले आज ३-अन्डर ६५ को राउण्ड खेले भने धनले २-अन्डर ६६ को पारि खेले।

सञ्जयले आफ्नो अगाडिको नौ मध्ये पहिलो र चौथो होल बोगी-फ्री राख्दै बर्डीज स्कोर गरी २-अन्डर ३२ को स्कोर राखे। उनले दोस्रो हाफमा १२औं, १३औं, १६औं र १८औं होलमा बर्डीजको मद्दतमा ४-अन्डर ३० को स्कोर बनाए।

आफ्नो पहिलो दुई होल बर्डीजबाट सुरुवात गरेका भुवनले चौथो र पाँचौं होलमा पनि बर्डी थपे। तर त्यसपछि छैटौं र सातौं होलमा शट ड्रप गरेका उनले आठौं होलमा बर्डी थप्दै ३-अन्डर ३३ स्कोर बनाए।

उनले पछिल्लो नौ होल खेल्ने क्रममा ११औं होलमा भएको बोगीका विरुद्ध १४औं र १८औं होलमा बर्डी हान्दै १-अन्डर ३३ को स्कोर कायम गरे।

प्रकाशित मिति: ७ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्