आईपीएल : मुम्बईमाथि चेन्नईको रोमाञ्चक जित



एजेन्सी, वैशाख ९
इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) मा मुम्बईमाथि चेन्‍नईले रोमाञ्चक जित हासिल गरेको छ ।

गएराति चेन्‍नईले मुम्बईमाथि तीन विकेटको रोमाञ्चक जित हासिल गरेको हो ।

मुम्बईले प्रस्तुत गरेको १ सय ५६ रनको लक्ष्य चेन्‍नईले अन्तिम बलमा चौका प्रहार गर्दै पुरा गर्यो ।

यसअघि सुरुवाती ब्याटिङ गरेको मुम्बईले निर्धारित ओभरमा ७ विकेट गुमाउँदै १ सय ५५ रन बनाएको थियो ।

यस सिजन मुम्बईको खराब नतिजा जारी नै छ । मुम्बई सुरुवाती ७ चरणका खेल सकिँदा जीत विहिन छ ।

मुम्बई शुन्य अंक सहित तालिकाको पुछारमा छ । चेन्नई दोस्रो जीत सहित तालिकाको पुछारदेखि दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News