आईपीएल : बैंगलोरलाई हराउँदै राजस्थान शीर्ष स्थानमा


 


एजेन्सी, वैशाख १४
इन्डियन प्रिमियर लिग (आईपीएल) मा राजस्थान रोयलले रोयल च्यालेन्जर्स बेंग्लोरमाथि २९ रनको जित हात पारेको छ।

मंगलबार राति भएको खेलमा पहिला ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको थियो । राजस्थानका लागि रियान प्रयागले अविजित ५६ रनको पाली खेले।

जवाफी ब्याटिङमा उत्रिएको बेंग्लोर १९ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर ११५ रनमा समेटियो। राजस्थानका कुलदीप सेनले ४ विकेट लिए।

जितसँगै राजस्थान ८ खेलमा १२ अंक जोडेर शीर्ष स्थानमा उक्लिएको छ । पराजित बैंगलोर ९ खेलमा १० अंक जोडेर पाँचौँ स्थानमा छ ।

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्