आईपीएल : गुजरातमाथी पञ्जावको सानदार जित



एजेन्सी, वैशाख २१
इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटमा शीर्ष स्थानको गुजरात टाइटन्स पराजित भएको छ।

मुम्बईमा गएराति भएको खेलमा गुजरातलाई पन्जाब किङ्सले ८ विकेटले पराजित गरेको हो ।
गुजरातले दिएको १ सय ४४ रनको लक्ष्य पन्जाबले १६ ओभरमा २ विकेट गुमाएर १ सय ४५ रन बनायो ।

यस अघि पहिले ब्याटिङ गरेको गुजरातले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४३ रन जोडेको थियो ।

जीतसँगै पन्जाबले १० खेलमा १० अंक जोडेको छ । पन्जाब छैटौं स्थानमा उक्लिएको छ ।

गुजरातको यो दोस्रो हार हो । गुजरात १० खेलमा ८ जीतसहित १६ अंक जोडेर शीर्ष स्थानमा यथावत रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News