आईपीएल : कोलकातालाई हराउँदै लखनउ शीर्ष स्थानमा उक्लियो



एजेन्सी, वैशाख २५
इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा कोलकाता नाइट राइडर्सलाई हराउँदै लखनउ सुपर जायन्ट्स शीर्ष स्थानमा उक्लिएको छ ।

पुणेमा गएराति भएको खेलमा कोलकातालाई ७५ रनले हराउँदै लखनउ शीर्ष स्थानमा उक्लिएको हो । लखनउले दिएको १ सय ७७ रनको लक्ष्य पछ्याएको कोलकाता १४ ओभर ३ बलमा अलआउट हुँदै १ सय १ रनमा समेटियो ।

जितसँगै लखनउको ११ खेलमा १६ अङ्क भएको छ । समान खेलमा १६ अङ्क रहेको गुजरात दोस्रो स्थानमा छ ।

लखनउ र गुजरात आईपीएलमा नवप्रवेशी टोली हुन् । कोलकाता ११ खेलमा ८ अङ्कका साथ आठौँ स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News