अमेरिकाले पाकिस्तानमा सैन्य अखडा स्थापना गर्न चाहन्थ्यो : इमरान खान


 


काठमाडौँ, वैशाख २६  
अविश्वासको प्रस्तावमार्फत हटाइएका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले  आफू  सत्तामा रहँदा देशमा सैन्य आधार स्थापना गर्ने अमेरिकी मागसँग कहिल्यै सहमत नभएको दोहो-याएका छन् ।

​पूर्वक्रिकेटरसमेत रहेका खान गत महिना संसद्मा अविश्वासको प्रस्तावमार्फत् पदमुक्त भएका थिए ।

आफूलाई सत्ताच्युत गर्न अमेरिकाले षडयन्त्र गरेको उनले आरोप लगाउँदै आएका छन् । अविश्वासको प्रस्तावबाट हट्ने उनी पाकिस्तानका पहिलो प्रधानमन्त्री हुन् । एक भिडियो सन्देशमा विदेशमा रहेका पाकिस्तानीहरूलाई सम्बोधन गर्दै खानले, अमेरिकाले ‘अफगानिस्तानमा सम्भावित आतंकवादविरुद्ध प्रत्याक्रमण गर्न’ पाकिस्तानमा आधारहरू चाहेका र आफ्ना लागि सो प्रस्ताव बिल्कुल अस्वीकार्य भएको बताए ।

पाकिस्तानले अमेरिकी  नेतृत्वमा भएको ‘आतंकवादविरुद्धको युद्ध’मा ८० हजारले ज्यान गुमाएको र अझै पनि बलिदानको कदर नगरिएको भन्दै उनले त्यसको दोष अमेरिकी राजनीतिज्ञहरूलाई लगाए ।

प्रकाशित मिति: २६ बैशाख २०७९, सोमबार

प्रतिक्रिया दिनुहोस्