Deshko News
८ आश्विन २०८०, सोमबार

आईपीएल : राजस्थानलाई ७ विकेटले हराउँदै गुजरात फाइनलमा प्रवेश



एजेन्सी, जेठ ११
इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा नवप्रवेशी टोली गुजरात टाइटन्स फाइनलमा पुगेको छ ।

मंगलबार राति भएको पहिलो क्वालिफायरमा राजस्थान रोयल्सलाई ७ विकेटले हराउँदै गुजरात फाइनल प्रवेश गरेको हो ।

राजस्थानले दिएको १ सय ८९ रनको लक्ष्य गुजरातले १९ ओभर ३ बलमा ३ विकेट गुमाएर भेट्टायो । अब राजस्थानले इलिमिनेटरको विजेतासँग दोस्रो क्वालिफायर खेल्नेछ ।

इलिमिनेटरमा आज लखनउ सुपर जाइन्ट्स र रोयल च्यालेन्जर्स बैंगलोर खेल्दैछन् । खेल राति पौने आठ बजे कोलकतामा हुनेछ ।

प्रकाशित मिति: ११ जेष्ठ २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News