काश्मिरका पृथकतावादी शीर्ष नेता यासिन मलिकलाई जन्मकैद



एजेन्सी, वैशाख १२
भारतको एक अदालतले वरिष्ठ काश्मिरी पृथकतावादी नेता यासिन मलिकलाई आतंकवादका लागि आर्थिक सहयोग गरेको अभियोगमा जन्मकैद सजाय सुनाएको छ ।

उनलाई आतंकवादी गतिविधिका लागि आर्थिक सहयोग गरेको र आपराधिक षड्यन्त्रमा संलग्न रहेको अभियोगमा दोषी ठहर गरिएको हो ।

मलिकले आफूले नब्बेको दशकमा हातहतियार त्यागेको अदालतसमक्ष बयान दिएका थिए । उनलाई गत साता दोषी करार गरिएको थियो ।

अधिकांश हिन्दु बाहुल्य रहेको भारत सरकारविरद्ध सन् १९८९ देखि सुरु भएको सशस्त्र आन्दोलनमा मुस्लिम बाहुल्य काश्मिरमा दसौँ हजार व्यक्तिले ज्यान गुमाइसकेका छन् ।

एनडीटीभीकाअनुसार ५६ वर्षीय मलिकलाई राजधानी दिल्लीस्थित अदालतले दुईवटा आजीवन र पाँचवटा दस वर्षीय कारावास सुनाएको हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News