चीनले गर्‍यो शेन चौ–१४ मानव अन्तरिक्ष यानको सफल प्रक्षेपण



एजेन्सी, जेठ २३
चीनको च्यु छ्वान उपग्रह प्रक्षेपण केन्द्रमा छाङ चङ २ एफ १४ नम्बर रकेटले शन चौ–१४ मानव अन्तरिक्ष यानलाई सफलताका साथ प्रक्षेपण गरेको छ ।

सो प्रक्षेपणपछिको ५७७ सेकण्डमा शन चौ–१४ अन्तरिक्ष यान छाङ चङ रकेटबाट छुटिएर निर्धारित क्षेत्रमा बसेको हो ।

चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजनाको कार्यालयले आइतबार दिएको जानकारी अनुसार सबै अन्तरिक्ष यात्रीको अवस्था राम्रो रहेको छ ।

परियोजनाले यो प्रक्षेपण चीनको अन्तरिक्ष यात्राको अर्को सफलता हो । चिनियाँ मानव अन्तरिक्ष कार्य परियोजना सुरु भएदेखि यो २३औँ अन्तरिक्ष यान प्रक्षेपण हो ।

साथै अन्तरिक्ष स्टेशन निर्माण क्रममा मानव बोक्ने अन्तरिक्ष यानको प्रक्षेपण गरिएको यो तेस्रो हो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News