विश्व कप क्रिकेट लिग-२ : नेपाल ओमानसँग १३ रनले हार्‍यो



काठमाडौं, जेठ २७
आइसिसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत अमेरिका भ्रमणमा रहेको नेपाल आफ्नो पहिलो खेलमा पराजित भएको छ । टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा शुक्रबार विहान सकिएको खेलमा नेपाललाई ओमानले १३ रनले पराजित गरेको हो ।

ओमानले दिएको २ सय १२ रनको लक्ष्य पछ्याएको नेपाल ४९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ९८ रनमा समेटियो । नेपालका लागि आरिफ शेखले ६६ रनको अर्धशतकीय पारी खेले ।

यस्तै, देव खनालले ३४, रोहित पौडेलले २०, दिपेन्द्र सिंह ऐरीले १६, विनोद भण्डारीले १४, सोमपाल कामीले १३, सुनिल धमलाले १२ र करण केसीले ८ रन जोडे । ओपनर सुवास खकुरेलले ३ तथा कप्तान सन्दीप लामिछाने २ रनमा आउट भए ।

ओमानका जिसन मक्सुद र खवर अलिले ३र३ विकेट लिए भने बिलाल खानले २ विकेट लिए । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको ओमानले ५० ओभरमा ८ विकेट गुमाएर २ सय ११ रन जोडेको थियो । ओमानका लागि जिसन मक्सुदले १ सय ४ रनको शतकीय पारी खेले ।

यस्तै, खवर अलीले ३०, सोयब खानले २७ र सुरज कुमारले १२ रन जोडे । नेपालका करण केसीले ५ विकेट लिए भने सन्दीप लामिछानेले २ तथा सोमपाल कामीले १ विकेट हात पारे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News