विश्व कप क्रिकेट लिग–२ : अमेरिकासँग ३९ रनले हार्‍यो नेपाल


 


काठमाडौं, असार २
आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एक दिवसीय श्रृङ्खलाको अन्तिम खेलमा नेपाल अमेरिकासँग हारेको छ ।टेक्ससमा रहेको मोसा क्रिकेट मैदानमा अघि बिहान सकिएको खेलमा नेपाल अमेरिकासँग ३९ रनले पराजित भएको हो ।

अमेरिकाले दिएको २ सय ४६ रनको लक्ष्य पछ्याएको नेपालले ४७ ओभर ४ बलमा अलआउट हुँदै २ सय ६ रन मात्र बनाउन सक्यो ।

नेपालका आरिफ शेखले ६३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जिताउन सकेनन् । यस्तै, नेपालका सोमपाल कामीले ४७, देव खनालले ३४, आसिफ शेख १८, रोहित पौडेल १६ र कुशल भुर्तेल १० रन जोडे । दिपेन्द्र सिंह ऐरी, आदिल अन्सारी र करण केसीले दोहोरो अङ्क जोड्न सकेनन् भने कप्तान सन्दीप लामिछाने शून्य रनमा आउट भए ।

अमेरिकाका अलि खान र सौरभ नेत्राभाल्करले ३–३ विकेट लिए भने नोस्थुश केन्जी र निसर्ग पटेलले एकरएक विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अमेरिकाले ५० ओभरमा ७ विकेट गुमाएर २ सय ४५ रन बनाएको थियो ।

नेपालका करण केसीले ३ विकेट लिए भने सन्दीप लामिछानेले दुई तथा सोमपाल कामी र दीपेन्द्र सिंह ऐरीले एकरएक विकेट लिए । यसअघिको खेलमा नेपाल र अमेरिकाले बराबरी खेल्दै अङ्क बाँडेका थिए । नेपाल पहिलो खेलमा ओमानसँग १३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: २ असार २०७९, बिहिबार

प्रतिक्रिया दिनुहोस्