इन्धन अभावपछि अफिसको सट्टा घरबाटै काम गर्न सरकारको आग्रह



एजेन्सी, असार ४
इन्धनको अभावका कारण श्रीलङ्का सरकारले अत्यावश्यक बाहेकका सेवामा संलग्न कर्मचारीहरूलाई दुई साता घरबाटै काम गर्न सल्लाह दिएको छ ।

यससँगै विद्यालयहरूलाई अनलाइन अध्ययन गर्न पनि भनिएको छ । विदेशी मुद्रा सञ्चिति सकिएपछि श्रीलङ्काले इन्धन आयात गर्न निरन्तर सङ्घर्ष गरिरहेको छ।

इन्धन अभावका कारण श्रीलङ्काका सयौँ पेट्रोल पम्प बन्द छन् भने सार्वजनिक यातायात नराम्ररी प्रभावित भएको छ ।

सरकारले आगामी दुई साता यात्रा गर्न कठिन हुने जनाएको छ । श्रीलङ्काले पेट्रोल र डिजेल किन्न भारतसँग थप आर्थिक सहयोग मागेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News