सेफ सन्तोष साह पक्राउ
काठमाडौँ। सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले उनलाई महोत्तरीबाट पक्राउ गरेको हो । गएराति उनलाई पक्राउ गरिएको हो ।
साहमाथि गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा चेक अनादर ठगी कसुरमा पक्राउ गरिएको हो।
जिल्ला अदालत काठमाडौँले अनुमति दिएपछि पक्राउ गरिएको अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले जानकारी दिए।
प्रकाशित मिति: ३० जेष्ठ २०८३, शनिबार
















