गार्डको हत्या गर्ने कैदीलाई मृत्युदण्ड


 


एजेन्सी, असार ७
पाँचवर्ष अघि कारगारको पारवाहन बसबाट भाग्ने कोसिसको क्रममा दुईजना गार्डको हत्या गर्ने अमेरिकाको जर्जियाका एकजना कैदीलाई मृत्युदण्ड सुनाइएको छ ।

सन् २०१७ मा सार्जेन्टद्वय क्रिस्टोफर मोनिका र कर्टिस बिल्लुलाई हत्या गरेको अभियोगमा रिको डुवोसलाई एक अदालतको न्यायाधीशहरूको इजलासले सर्वसम्मतबाट मृत्युदण्डको सजाय सुनाएको हो ।

उनलाई त्यसअघि सोमबार हत्याको अभियोगमा दोषी ठहर गरिएको थियो । सोही काण्डमा मुछिएका अर्का कैदी डोन्नी रोविलाई भने अदालतले आजीवन कारावास सजाय सुनाएको छ ।

प्रकाशित मिति: ७ असार २०७९, मंगलबार

प्रतिक्रिया दिनुहोस्