अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प


 


एजेन्सी, असार ८
अफगानिस्तान र पाकिस्तानमा शक्तिशाली भूकम्प गएको छ ।

बुधबार बिहान अफगानिस्तान र पाकिस्तानका केही भागमा ६.१ म्याग्निच्युडको भूकम्प गएको हो ।

दक्षिणपूर्वी अफगानिस्तानको खोस्ट सहरबाट करिब ४४ किलोमिटर टाढा रहेको क्षेत्रमा भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।

भूकम्पले गरेको क्षतिको विवरण प्राप्त भइसकेको छैन ।

भूकम्पको धक्का पाकिस्तानको लाहोर, मुल्तान, क्वेटा र अन्य धेरै क्षेत्रमा पनि महसुस गरिएको थियो ।

प्रकाशित मिति: ८ असार २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्