जापानका पूर्वप्रधानमन्त्री आबेमाथि गोली प्रहार



काठमाडौँ, असार २४
जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ । उनको अवस्था गम्भीर रहेको जापानी समाचार संस्था द जापान टाइम्सले जनाएको छ। उनलाई जापानको पश्चिमी शहर नारामा गोली प्रहार भएको त्यहाँको प्रहरीले जनाएको छ ।

उनले आफ्नो स्वास्थ्य अवस्था जटील बन्दै गएको भन्दै सन् २०२० को सेप्टेम्बर १४ मा प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । ​आबे जापानमा सबैभन्दा लामो समय कार्यकारी पदमा रहने नेता पर्छन् ।

उनी सन् २००६ देखि सन् २००७ सम्ममा पहिले पनि प्रधानमन्त्री बनेका थिए । तर, आफूले नेतृत्व गरेको दल लिबरल डिमोक्रेटिक पार्टीको अनपेक्षित पराजयसँगै स्वास्थ्यको समस्या देखाउँदै राजीनामा दिएका थिए ।

सन् २०१२ मा दोस्रो पटक प्रधानमन्त्री बनेका आबे आठ वर्ष लगातार प्रधानमन्त्री रहे ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News