युक्रेनद्धारा जर्मनी र भारतसहित पाँच देशका राजदूत देशनिकाला



एजेन्सी, असार २६
युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्सकीले पाँच देशका राजदूतलाई देशनिकाला गरेका छन् । चार महिनादेखि जारी युद्धमा रुसले पकड बनाउँदै लगिरहेका बेला राष्ट्रपति जेलेन्सकीले यससम्बन्धी एक आदेशमा शनिबार हस्ताक्षर गरेका हुन् ।

जेलेन्सकीले चारवटा युरोपेली राष्ट्रका राजदूतलाई पनि बर्खास्त गर्दै देशनिकालाको घोषणा गरेका छन् । जेलेन्सकीले युरोपेली मुलुकहरु जर्मनी, हंगेरी,चेक रिपब्लिक र नर्वेका राजदूलाई बर्खास्त गर्दै देश छाड्ने आदेश दिएका हुन् ।

युक्रेनमाथि आक्रमणको मामिलामा रसियाको पक्षमा देखिँदै आएको भारतका युक्रेनस्थित राजदूत पनि जेलेन्सकीको निशानामा परेका छन्।

रसियाले आक्रमण गरेपछि जेलेन्सकीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई फोन गरेर सहयोगको गुहार मागेका थिए । तर अर्बौँ डलरको व्यापारिक साझेदार रसियाविरुद्ध राष्ट्रसंघदेखि अन्य अन्तर्राष्ट्रिय फोरममा पनि भारत उभिन तयार भएको थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News