प्रचण्डलाई बालेनको प्रश्न – ‘सडक बेहाल बनाउनेको घरमा बसेर कुन नैतिकताको कुरा गर्नुहुन्छ ?


 


काठमाडौं, भाद्र १
काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र साहले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि नैतिकताको प्रश्न उठाएका छन् ।

सामाजिक सञ्जालमार्फत दाहालप्रति आक्रोश पोख्दै बालेनले देश बनाउँदैछु भनेर कुन नैतिकताले भन्दै हुनुहुन्छ भन्दै प्रश्न गरेका हुन् । उपत्यकाको फोहोर लैजाने सडक विगत ८ वर्षदेखि खराब अवस्थामा रहेको बताउँदै यस्तो बाटो बनाउनेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले देश बनाउने कुरा गर्दै हुनुहुन्छ भन्दै बालेनले प्रश्न उठाए ।

उनले भनेका छन्, “श्रीमान् प्रचण्डज्यू ! उपत्यकाको फोहोर लैजान प्रयोग गरिने ककनीको बाटो विगत ८ वर्षदेखि यस्तो हालतमा बनाउने मान्छेको घरमै अंगरक्षकजस्तो बसेर कुन नैतिकताले भन्नु म देश बनाउँदै छु भनेर ।” बालेनले सडकको दुरावस्था झल्काउने भिडियो पनि साथमा पोस्ट गरेका छन् ।

निर्माण व्यवसायी शारदा अधिकारीले विभिन्न सडक आयोजनाको ठेक्का लिएर समयमा काम पुरा नगरेको भन्दै आलोचित हुँदै आएका छन् । त्यसमाथि अधिकारीलाई माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबाटै संरक्षण हुने गरेको बेलाबेला आरोप लाग्ने गरेको छ ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्