राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने


 


काठमाडौं, भाद्र १
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ । अध्यक्ष लामिछानेले भिडियो सन्देशमार्फत पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा भाग नलिने बताएका हुन् ।

पार्टीको केन्द्रिय समितिको निर्णय अनुसार यो निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवारी,मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने उनले बताए ।

उनले भने,’यो निर्वाचनमा हाम्रो उम्मेदवारी मात्र संघीय तहको प्रत्यक्ष र समानुपातिक निर्वाचनमा रहने छ । यहि संरचनामा हामी प्रदेश मातहतमा सहभागी हुनु भनेको राज्य कोष दोहनमा सहभागी हुनु बाहेक केही होइन । प्रदेश तहमा सहभागी नहुने कुराको आधिकारिक जानकारी हामीले निर्वाचन आयोगलाई गराएका छौं ।’

कैयौं मानिस यसको खारेजी माग गरिरहेको सन्दर्भमा राष्ट्रिय स्वतन्त्र पार्टीले यसको सुधार खोजेको अध्यक्ष लामिछानेले बताए ।

प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्