ठाकुरले देउवालाई सोधे : गठबन्धनमा ल्याउने कि नल्याउने ?


 


काठमाडौं, भाद्र ३
कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटी लोसपालाई सत्तारुढ ५ दलीय चुनावी गठबन्धनमा ल्याउने कि नल्याउने भनी अबिलम्ब प्रष्ट जवाफ दिन ताकेता गरेका छन् ।

देउवालाई भेट्न बिहीबार बिहान ठाकुर सहित लोसपाका शीर्ष नेताहरू राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा बालुवाटार पुगेका थिए । भेटमा लोसपालाई पाँच दलीय चुनावी गठबन्धनमा ल्याउनेबारेमा आजभोलि नै निर्णय दिन ठाकुरले देउवासँग प्रश्न गरेका थिए ।

‘तपाईले हामीलाई ५ दलीय गठबन्धनमा ल्याउनुहुन्छ कि हुन्न ? यसको स्पष्ट जवाफ आजभोलि नै दिनुस् भनेर हामीले प्रधानमन्त्रीज्यूलाई प्रष्टसँग भन्यौं,’ भेटपछि लोसपाका नेता महतोले भने, ‘प्रधानमन्त्रीज्यूले यसबारेमा एक/दुई दिनभित्रै स्पष्ट जवाफ दिन्छु भन्नुभएको छ ।’ नागरिक दैनिकबाट

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्