पेचिलो बन्दै सिट बाँडफाँट : प्रत्यक्षतर्फ १६५ सिट, २३० बढीमा दाबी


 


काठमाडौं, भाद्र ३
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको महाधिवेशन सम्पन्न भएको सात महिना बितिसक्दासमेत पदाधिकारी, स्थायी समिति, पोलिटब्युरोसहितको सांगठनिक कार्य टुंगो लगाउन सकेको छैन् ।

लामो समयको गृहकार्यपश्चात् बिहीबार पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो, नेताका जिम्मेवारी बाँडफाँटलगायत संरचना टुंगो लगाउने भनिए पनि आकांक्षीको अडानका कारण बैठक नै स्थगित हुन पुग्यो ।

माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबाट बिहीबारको बैठकमा पदाधिकारीलगायत विषयमा नामावाली पेश गर्ने सहमति बुधबारको बैठकमा भएको थियो ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबारदेखि जारी स्थायी कमिटी बैठकले बिहीबार पदाधिकारी सहितको नामावाली पेश गर्ने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो । राजधानी दैनिकबाट

प्रकाशित मिति: ३ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्