इंग्लिस प्रिमियर लिग : म्यानचेस्टर युनाईटेडको लगातार तेस्रो जित


 


काठमाडौं, भाद्र १७
इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले लगातार तेस्रो जित हात पारेको छ ।

लगातार दुई खेल हारेको युनाइटेडले त्यसपछि पुनरागमन गर्दै तीन खेल जितेको हो ।

बिहीबार राति भएको खेलमा युनाईटेडले लेस्टर सिटीलाई १–० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा जाडोन सान्चोले निर्णायक गोल गरे ।

यस अघि युनाइटेडले साउथह्याम्टनलाई १–० र लिभरपुललाई २–१ ले हराएको थियो। युनाइटेड ब्रेनफोर्डसँग ४–० को लज्जास्पद हार व्यहोर्दा सिजनको पहिलो खेलमा ब्राइटनसँग २–१ ले पराजित भएको छ ।

प्रकाशित मिति: १७ भाद्र २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्