नेपाल-भारत सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्रमार्फत खोजिने



काठमाडाैं, भाद्र २९
नेपाल र भारतका परराष्ट्र सचिवले दुई देशबीच रहेका सीमा समस्याको समाधान स्थापित द्विपक्षीय संयन्त्र मार्फत खोजिनुपर्नेमा सहमति जनाएका छन् ।

मंगलबार भारतको राजधानी नयाँदिल्लीस्थित हैदरवाद हाउसमा सम्पन्न नेपाल–भारत विदेश मन्त्री स्तरीय बैठकमा उक्त सहमति भएको हो । बैठकमा परराष्ट्र सचिव भरत राज पौड्याल र भारतीय विदेश सचिव विनय मोहन क्वात्रा सहभागी थिए ।

‘उनीहरुबीच सीमा विवादका विषयमा पनि छलफल भएको थियो । यस सम्बन्धमा उनीहरूले स्थापित द्विपक्षीय संयन्त्रमार्फत सीमानाका बाँकी कामहरू पूरा गर्ने विषयमा विचार आदानप्रदान गरेका थिए,’ परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

बैठकमा उनीहरुबीच व्यापार, पारवहन, कनेक्टिभिटी, पूर्वाधार, विद्युत् क्षेत्र, सिँचाइ तथा डुबान, कृषि, लगानी, विकास सहयोग, स्वास्थ्य क्षेत्रमा सहकार्य, संस्कृति र जनताबीचको सम्बन्धलगायतका विविध क्षेत्रमा सहकार्यका विषयमा छलफल भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

 

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News