राष्ट्र बैंकको प्रावधानविरुद्ध उद्योगी सडकमा, बैंकलाई बुझाए १५ बुँदे ज्ञापनपत्र


 


वीरगन्ज, असाेज ७
नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जा मागदर्शन २०७९ मा राखिएका प्रावधानविरुद्ध मधेश प्रदेशका उद्योगी व्यवसायी आन्दोलनमाउत्रिएका छन् ।

उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका उद्योग वाणिज्य महासंघ मधेश प्रदेशले चालू पुँजी कर्जा मार्गदर्शन सम्बन्धमा निजी क्षेत्रको सरोकार विषयमा बृहत् छलफलसहित राष्ट्र बैंकलाई १५ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् ।

चालू पुँजी कर्जा मार्गदर्शन २०७९ मा राखिएका व्यवस्थालाई सहज र सरलीकृत गर्न उनीहरूले माग पनि गरेका छन् ।

कोरोना महामारीको असर र विश्व व्यापारमा देखिएको मन्दीबीच स्वदेशी उद्योग व्यापार लयमा फर्किने प्रयत्न गरिरहेकै बेला नेपाल राष्ट्र बैंकले एकपछि अर्को प्रावधानहरू ल्याएर उद्योग र व्यापार क्षेत्रमा त्रास नै सिर्जना गरेकाले बाध्य भएर आन्दोननमा उत्रिनुपरेको नेपाल उद्योग वाणिज्य महासंघ मधेश प्रदेशका अध्यक्ष गणेश लाठले बताए । कारोबार दैनिकबाट

प्रकाशित मिति: ७ आश्विन २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्