कांग्रेसको ‘ग्रीन रन’मा मुकेश बहादुर पाल प्रथम



काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित ‘ग्रीन रन’ प्रतियोगितामा पुरुषतर्फ मुकेश बहादुर पाल प्रथम भएका छन् ।

ललितपुरस्थित युएन पार्कबाट सुरु भएको पाँच किलोमिटर दौड १६ मिनेट १५.७ सेकेन्डमा पूरा गर्दै पालले पहिलो स्थान हासिल गरेका हुन् । विजेता पाललाई कांग्रेसका सभापति गगनकुमार थापाले ५० हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरे ।

प्रतियोगितामा नरेन्द्र सिंह रावल दोस्रो हुँदै २५ हजार रुपैयाँ पुरस्कार जिते भने सञ्जय श्रेष्ठ तेस्रो स्थानमा रहँदै २० हजार रुपैयाँ प्राप्त गरे।

यस्तै, गणेश सिंह चौथो हुँदै १२ हजार रुपैयाँ, अमृत ठकुरी पाँचौँ हुँदै १० हजार रुपैयाँ तथा नागेश्वर अहिर छैटौँ स्थानमा रहँदै ८ हजार रुपैयाँ नगद पुरस्कारबाट सम्मानित भए।

कांग्रेस केन्द्रीय कार्यालयका अनुसार प्रतियोगितामा सहभागी हुन करिब १,४०० जनाले नाम दर्ता गराएका थिए।

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार