काठमाडौँसहित १८ जिल्लामा आकस्मिक बाढीको सम्भावना



काठमाडौँ। मौसम पूर्वानुमान महाशाखाले आज बुधबार दिउँसो र राति पनि देशका विभिन्न स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको जानकारी दिएको छ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान जारी गरेको बुलेटिनअनुसार आज काठमाडौँसहित १८ जिल्ला र त्यस आसपासका खोला तथा नदीमा आकस्मिक बाढी आउने सम्भावना छ।

बाढी महाशाखाले भनेको छ, ‘आज तेह्रथुम, संखुवासभा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, काठमाडौँ, भक्तपुर, ललितपुर, कास्की, तनहुँ, स्याङ्जा, पर्वत, बागलुङ, बाजुरा, डोटी, डडेलधुरा, बैतडी, दार्चुला र आसपासका जिल्ला भई वहने ससाना नदीहरूको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम सम्भावना छ।’

प्रकाशित मिति: ६ श्रावण २०८३, बुधबार