आज कार्तिक २ गते बुधवार, यस्तो छ तपाईंको राशिफल


 


काठमाडौं । आज २०७९ साल कार्तिक २ गते बुधवारको राशिफल ।

मेष

आफन्तहरूको सहयोगले कामहरू अगाडि बढ्नेछन् । दीर्घकालिक योजना कार्यान्वयन हुने र त्यसबाट दूरगामी प्रतिफल प्राप्त हुनेछ ।

मिथुन

आफूलाई कमजोर भएको अनुभूति हुनेछ । दाम्पत्य जीवनमा एक किसिमको निराशा आउन सक्छ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ ।

सिंह

आज महिला वर्गबाट विषेश सहयोग मिल्नेछ । कला र साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ । सफल र रमाइलो यात्राको योग पनि रहेको छ ।

तुला

आज मन खिन्न हुने स्थिति आउनेछ । महत्त्वाकाङ्क्षी योजना गोप्य राखेर अघि बढ्नुहोला । राजनीतिक कार्यमा बाधा आउनसक्छ ।

धनु

आज धार्मिक कार्यमा रुचि बढ्नेछ । लगनशीलताले कामहरू अगाडि बढ्नेछन् । समाजसेवामा मन लाग्नेछ । पारिवारिक सद्भाव बढ्नेछ ।

कुम्भ

आज कुनै कुराले मनमा शान्ति छाउला । कार्यमा सफलता पाइनेछ । प्रेमसम्बन्ध कसिलो हुनेछ । साथीभाइ तथा कुटुम्बको सहयोग मिल्नेछ ।

बृष

आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । पुँजी बजार या शेयर बजारको क्षेत्रमा सफलता मिल्नेछ । मुद्दामामिलामा पनि विजयी भइनेछ ।

कर्कट

आज आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । दिनको उत्तरार्धमा भने धन खर्च हुनेछ ।

कन्या

आज आत्मबल बढ्नेछ । शत्रुहरू पराजित हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ ।

बृश्चिक

आँटेको र ताकेको कार्यहरू पुरा होलान् । नयाँ कार्यको योजना बन्नेछ । वस्त्र एवं अलङ्कार प्राप्ति हुनसक्छ । रमाइलो यात्राको योग रहेको छ ।

मकर

आज आतिथ्यपूर्ण सम्मान पाइएला । प्रेम र मित्रताको बन्धन कसिने बेला छ । शत्रुबाट छुटकारा मिल्नेछ । सन्तान सुख पनि हुनेछ ।

मीन

विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । छोटो दुरीको लाभदायक यात्रा रहला । वैदेशिक कार्य अघि बढ्नेछ । चिताएको कामले तीव्रता लिनेछ ।

प्रकाशित मिति: २ कार्तिक २०७९, बुधबार

प्रतिक्रिया दिनुहोस्