चेल्सी र युनाइटेडको बराबरी



काठमाडौँ, कार्तिक ६
इंग्लिस प्रिमियर लिगमा शनिबार राति चेल्सी र म्यानचेस्टर युनाइटेडले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।

स्टानफोर्ड ब्रिजमा ८६औँ मिनेटमा चेल्सीका जर्जिन्होले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाए । इन्जुरी समयमा कासेमिरोले गोल गर्दै युनाइटेडलाई हारबाट जोगाए ।

खेलपछी चेल्सी २० अंक सहित चौथो स्थानमा छ । १९ अंक सहित युनाइटेड पाँचौं स्थानमा छन् ।

अर्को खेलमा स्ट्राइकर एर्लिग हालान्डले दुई गोल मद्दतमा म्यानचेस्टर सिटीले ब्राइटनलाई ३-१ अन्तरले पराजित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
संस्थापक / प्रधान सम्पादक : ध्रुब सुबेदी
     
           
facebook
© 2022 Deshko News