विश्वकपमा आज समूह चरणका अन्तिम चार खेल हुँदै


 


काठमाडौं, मंसिर १६
कतारमा जारी फिफा विश्वकपमा आज समूह चरणका अन्तिम चार खेलहरू हुँदैछन् ।

शुक्रबार समूह ‘जी’ र ‘एच’ का समान दुई–दुई खेलहरु हुँदैछन् । राति पौने ९ बजे हुने खेलहरूमा समूह ‘एच’ का घाना र उरुग्वे तथा पोर्चुगल र दक्षिण कोरिया भिड्दैछन् ।

घाना र उरुग्वेको खेल कतारको अल जनौब रंगशालामा हुनेछ । साथै पोर्चुगल र दक्षिण कोरियाबीचको खेल इजुकेसन सिटी रंगशालामा हुनेछ । यस्तै आजै राति १२ः४५ हुने समूह ‘जी’ को खेलहरुमा ब्राजिल र क्यामरुन तथा सर्विया र स्विट्जरल्यान्ड भिड्दैछन् ।

ब्राजिल र क्यामरुनको खेल कतारको लुसैल रंगशालामा हुनेछ । भने सर्विया र स्विट्जरल्यान्डको खेल रंगशाला ९७४ मा हुनेछ । यी चार खेलसँगै विश्वकपको समूह चरण समाप्त हुनेछ ।

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार

प्रतिक्रिया दिनुहोस्