पूर्वमन्त्री पद्यमसुन्दर लावतीको निधन


 


laotiकाठमाडौं जेठ २७

पूर्व मन्त्री तथा राप्रपा नेपालका नेता पद्मसुन्दर लावतीको ७६ वर्षको उमेरमा बुधबार निधन भएको छ । राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा बिहान ५ बजे निधन भएको हो।

लावती पछिल्लो सयम राप्रपा नेपालको असन्तुष्ट पक्षको सुदृढीकरण अभियानका सभापति थिए । क्यान्सर रोगी उनी केही समयदेखि नर्भिक अस्पतालमा उपचाररत थिए।

पहिले कांग्रेसको राजनीति गरेका उनी १७ सालपछि पन्चायतको समर्थक भएका थिए। पन्चायतकाल र बहुदलीय व्यवस्थापछि पनि उनी पटक पटक मन्त्री बनेका थिए। 

लावतीको जन्म १९९६ साल साउन सात गते पाकिस्तानको बलुचिस्तानमा जन्म भएको हो। उनको शनिबारमात्रै दाहसंस्कार गरिने राप्रपा नेपालको असन्तुष्ट पक्षको सुदृढीकरण अभियानका उपाध्यक्ष दिलविकासराज भण्डारीले जानकारी दिए।

परिवार सदस्यले अमेरिका र क्यानडामा रहेका छोराछोरी आएपछि मात्र दाहसस्कार गर्ने बताएका छन्। लावतीका एक श्रीमती, दुई छोरी र तीन छोरा छन्। उनका एक छोरा अमेरिका र अर्की छोरी क्यानडामा छन्।

प्रकाशित मिति: २७ जेष्ठ २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्