पाकिस्तानको बलुचिस्तानमा आक्रमण हुँदा ५२ को मृत्यु


 


pakistan

एजेन्सी ।
पाकिस्तानको बलुचिस्तानमा रहेको एक धार्मिक स्थलमा आक्रमण भएको छ ।

आक्रमणमा परी ५२ जनाको मृत्यु भएको छ भने सय जना भन्दा बढी घाइते भएका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बिद्रोही संगठन इस्लामिक स्टेट आइएसले आफ्ना एक आत्मघाती आक्रमणकारीले विस्फोट गराएको दाबी गरेको छ । तर बलुचिस्तान प्रान्तका गृह मन्त्री सरफराज बुगटीले आक्रमणको पछि बाहिरी शक्तिको संलग्नता रहेको हुन सक्ने बताएका छन् ।

पाकिस्तानी प्रधानमन्त्री नवाज शरिफले आक्रमणको निन्दा गर्दै उद्धार तथा राहतलाई प्रभावकारी बनाउ आग्रह गरेका छन् ।

आक्रमणमा परि घाइते भएकाको उद्धारका लागि ५० वटा एम्बुलेन्स परिचालन गरिएको छ ।

आक्रमण भएको शाह नुरानी दरगाह कराँचीबाट एक सय किलोमिटर टाढा र्पछ ।

प्रकाशित मिति: २८ कार्तिक २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्