म्याद गुज्रेका औषधि भेटिएपछि कैलालीमा दुई फार्मेसी सिल



कैलाली, चैत्र १२
कैलालीका दुई वटा अस्पताल तथा फार्मेसी सिल गरिएको छ ।

सामाजिक विकास मन्त्रालय, औषधि व्यवस्था विभाग नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय कैलालीको संयुक्त अनुगमन टोलीले अत्तरियास्थित सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसी र नेहा फार्मेसी सिल गरेको हो ।

जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीका अनुसार अनुगमन टोलीले धगगढी र अत्तरियाका ८ वटा फार्मेसी तथा अस्पतालमा अनुगमन गरेको थियो ।

त्यस क्रममा नेहा र सुदूरपश्चिम सामुदायिक अस्पतालको फार्मेसीमा म्याद गुज्रेका औषधि रहेको, लागूऔषध तथा मानसिक रोगसम्बन्धीका औषधिहरुको अभिलेखीकरण नगरेका लगायतका कमजोरी भेटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News