बालबालिकालाई आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै


 


काठमाडौं, वैशाख ७
बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि आज पनि खुवाइँदै छ ।

सरकारले हिजो र आजलाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने दिन तोकेको थियो । सोही अनुसार आज पनि भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइन लागेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन सकिने छ । १२ देखि ५९ महिना उमेरसम्मका बालबालिकालाई जुकाको औषधि पनि खुवाइने मन्त्रालयले जनाएको छ ।

आफ्ना बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन मन्त्रालयले अनुरोध गरेको छ ।

प्रकाशित मिति: ७ बैशाख २०८०, बिहिबार

प्रतिक्रिया दिनुहोस्