च्याम्पियन नेपाली टोलीलाई आज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरिदै


 


काठमाडौं, मंसिर १
मलेसियामा आयोजित एएफसी सोलिडारिटी कप फुटबलको उपाधि विजेता नेपाली फुटबल टोलीलाई भव्य स्वागत गरिने भएको छ ।

विजेता टोलीलाई स्वागत गर्न खेलकुद मन्त्री दलजीत श्रीइपालीसहितको टोली र एन्फा लगायत खेलकुद पदाधिकारीहरु राति विमास्थल पुग्ने तयारीमा रहेका एन्फाका प्रमुख कार्यकारी अधिकृत इन्द्रमान तुलाधारले जानकारी दिएका छन् ।

विजेता फुटबल टोली बुधबार स्वदेश फर्किँदैछ । ऐतिहासिक उपाधि ट्रफीसहित टोली राति साढे ८ बजे त्रिभूवन अन्तर्रा्ष्ट्रिय विमानस्थल ओर्लने अधिकृत तुलाधरले जानकारी दिए ।

उनका अनुसार विजेता टोलीलाई विमास्थलमा स्वागत गरिसकेपछि एन्फा कम्प्लेकस् सातदोबाटोमा लगिने कार्यक्रम रहेको छ ।

सोलिडारिटी कप अन्तर्गत मंगलबार भएको फाइनलमा नेपालले मकाउलाई १-० गोलले पराजित गर्दै उपाधि चुमेको हो ।

जीतपछि सरकारले विजेता टोलीका सदस्यहरुलाई जनही ३ लाख दिने निर्णय गरेको छ ।

प्रकाशित मिति: १ मंसिर २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्