लम्पी स्किन रोगबाट ग्रसित पशुको निःशुल्क उपचार गर्नुपर्छ : भण्डारी


 


काठमाडौं, जेठ ८ । नेकपा एमालेका सांसद् दामोदर भण्डारीले पछिल्लो समयमा देशैभरका गाईं भैंसीमा तीब्र रुपमा फैलिँदै गएको लम्पी स्किन नामक रोगको नियन्त्रणमा सरकार गम्भिर बन्नुपर्ने बताएका छन् ।

सोमबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै पूर्वउद्योग मन्त्रीसमेत रहेका भण्डारीले रोगबाट ग्रसित पशुको निःशुल्क उपचार गरेर किसानलाई क्षतिपूर्ति दिन माग गरे ।

उनले तीनै तहका सरकारसँग समन्वय गरेर क्षतिको मुल्याङकन गरी किसानलाई क्षतिपूर्तीको व्यवस्था गर्नुपर्ने बताए । यस रोगबाट पछिल्लो समय देशैभर पशु चौपाया ग्रसित बनेका छन् ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्