लुम्बिनीमा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?


 


काठमाडौं, जेठ ८ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गरेका छन्।

मुख्यमन्त्री चौधरीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले सोमबार तीन जनालाई मन्त्री नियुक्त गरेका छन्। मन्त्री हुनेमा नेपाली कांग्रेसको तर्फबाट दाङका राजु खनाल, जनता समाजवादी पार्टी (जसपा)बाट बाँकेका भण्डारीलाल अहिर र जनमत पार्टीबाट रुपन्देहीका चन्द्रकेश गुप्ता छन् ।

खनाललाई स्वास्थ्य, अहिरलाई कृषि तथा भूमि व्यवस्था र गुप्तालाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, विना विभागीय रहेका मन्त्रीलाई पनि जिम्मेवारी दिइएको छ। नेकपा (माओवादी केन्द्र) का धनबहादुर मास्कीलाई आर्थिक मामिला, नागरिक उन्मुक्ति पार्टीका धर्महादुर चौधरीलाई भौतिक पूर्वाधार विकास र लोकतान्त्रिक समाजवादीका सन्तोष पाण्डेयलाई आन्तरिक मामिला, कानून तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ।

वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका चौधरीले पहिलो चरणमा वैशाख १५ गते चार सदस्यीय मन्त्रिपरिषद् गठन गरेका थिए। आज थपिएका तीन मन्त्रीसँगै लुम्बिनीमा सात सदस्यीय मन्त्रिपरिषद् बनेको छ।

माओवादीको भागमा परेका मन्त्री नियुक्त हुन बाँकी छ। माओवादीले नाम टुंगो लगाउन बाँकी भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन अझै समय लाग्ने भएको छ।

माओवादीको भागमा तीन मन्त्रालय परेका छन्। मास्की आर्थिक मामिला मन्त्री बनेका छन्। अब दुई मन्त्री कसलाई पठाउने भन्ने विषयमा छलफल भइरहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्