बैज्ञानिकहरुले भेटे १४ करोड वर्षअघिको डाइनासोरसको अवशेष


 


एजेन्सी । अर्जेन्टिनाका जीवाश्मविद्हरूले हालैमात्र शाकाहारी डाइनोसरको अवशेष फेला पारेका छन् । उनीहरूले अर्जेन्टिनाको दक्षिणी प्याटागोनिया क्षेत्रमा लामो घाँटी भएको डाइनोसरको विशाल प्रजातिको अवशेष फेला पारेका हुन् ।

यो डाइनोसर अहिलेसम्म भेटिएको सबैभन्दा ठूलोमध्येको एक भएको बताइएको छ । प्युब्लो ब्लान्को नेचर रिजर्भमा सन् २०१८ मा फेला पारिएको यस अवशेषलाई गत बिहीबार मात्र सार्वजनिक गरिएको हो ।

वैज्ञानिकहरूका अनुसार यो डाइनासोर चुकारोसोरस डिरिपियन्डा प्रजातिको सदस्य हो । १४ करोडदेखि ६ करोड वर्ष अगाडिसम्म यो डाइनासोर पृथ्वीमा अस्तित्वमा थियो । यसको तौल ५० टनसम्म पुग्थ्यो भने लम्बाइ ३० मिटर लामो थियो ।

रियो निग्रो प्रान्तमा भेटिएकामध्ये यो सबैभन्दा ठूलो डाइनासोर हो । क्रेटिसियस अवधिमा यो डाइनोसर सिकारी जीव, माछा र समुद्री कछुवाहरूसँगै बस्ने गरेको अनुमान गरिन्छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्