नक्कली भुटानी शरणार्थी प्रकरण : अभियुक्तलाई साढे २० वर्षसम्म सजाय मागदाबी


 


काठमाडौं, जेठ ८ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुमाथि साढे २० वर्षको कैद सजाय मागदाबी हुनेगरि राय पेश गरिएको छ ।

प्रहरीले सोमबार सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजाय मागदाबी हुनेगरी मुद्दा दायर हुनुपर्ने राय दिएको हो ।

३२ जनालाई प्रतिवादी बनाइनुपर्ने रायसहितको प्रतिवेदनमा आरोपीहरुविरुद्ध छुट्टाछुट्टै चार वटा मुद्दा लगाउनुपर्ने उल्लेख छ ।

जसमा ठगी, राष्ट्रहित प्रतिकुलको कसुर, कीर्ते र संगठित अपराको मुद्दा चलाउन प्रहरीले राय दिएको हो । कानून बमोजिम सजाय मागदाबी गर्न सरकारी वकिलले अभियोगपत्र अदालतमा दर्ता गर्नुपर्ने हुन्छ ।

प्रकाशित मिति: ८ जेष्ठ २०८०, सोमबार

प्रतिक्रिया दिनुहोस्