कांग्रेसको ‘इन्ट्री’ संगै मधेश प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र


 


काठमाडौं, जेठ ९ । नेकपा माओबादी केन्द्रले मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

मंगलबार बसेको माओवादी केन्द्रको संसदीय दलको बैठकले मधेश प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको हो । गठबन्धनको निर्णयविपरीत मुख्यमन्त्री सरोज कुमार हिँडेको भन्दै माओवादी केन्द्रले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

मधेश सरकारमा नेपाली कांग्रेस सहभागी भएसंगै माओबादी केन्द्रले बाहिरिने निर्णय गरेको छ । माओबादी केन्द्रले गठबन्धनको बैठकबिनै मुख्यमन्त्रीले कांग्रेसबाट मन्त्री नियुक्त गरेको भन्दै ध्यानाकर्ष भएको समेत जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्