रुपन्देहीमा १४ वर्षीया किशोरी बलात्कृत, युवक पक्राउ


 


काठमाडौं, जेठ ९ । रूपन्देहीमा १४ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कोटहीमाई गाउँपालिका–७ भैसाघानका २० वर्षीय रियाज अहमद मुसलमान रहेका छन् । उनलाई सोमवार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई उजुरीको आधारमा इलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्