मधेशमा जनमतको कृषि मन्त्रालय खोसियो, कुशवाह भूमिकाबिहीन


 


जनकपुरधाम, जेठ ९ । मधेश सरकारमा जनमत पार्टीले सम्हालेको कृषि मन्त्रालय खोसिएको छ । मुख्यमन्त्री सरोजकुमार यादवले भूमि व्यवस्था तथा कृषि मन्त्रालय जनमत पार्टीबाट खोसेर एकीकृत समाजबादीको जिम्मा लगाएका छन् ।

मुख्यमन्त्री यादवले नेपाली कांग्रेस र एकीकृत समाजवादीलाई समेटेर सरकार विस्तार गर्नेक्रममा जनमत पार्टीका उपाध्यक्षसमेत रहेका बसन्त कुशवाहले सम्हालेको मन्त्रालय खोसेका हुन् ।

एकीकृत समाजवादी संसदीय दलका नेता गोविन्द न्यौपानेलाई भूमि व्यवस्था तथा कृषि मन्त्रालयको जिम्मेवारी दिइएको छ । कुशवाहलाई भने बिना विभागीय मन्त्री बनाएको छ ।

२९ पुसमा विना विभागीय मन्त्री बनेका कुशवाहले १३ माघमा कृषि मन्त्रालयको जिम्मा पाएका थिए । प्रदेशमा कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव भौतिक पूर्वाधार र वीरेन्द्रकुमार सिंह स्वास्थ्यमन्त्री भएका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्