टिकटकमा ‘गेम’ हारेपछि अत्याधिक मदिरा पिएका युवकको मृत्यु


 


बेइजीङ । टिकटकमा खेलिएको गेममा पराजित भएपछि अत्याधिक मदिरा पिएका एक चिनियाँ युवकको मृत्यु भएको छ । लाइभ स्ट्रीमिङमै मदिरा पिएका युवकको केही घण्टापछि नै मृत्यु भएको बताइएको छ । उक्त एपका प्रयोगकर्ता ब्रदर थ्री थाउजेन्डले गत मंगलबार एउटा लाइभ स्ट्रीमिङको क्रममा कम्तिमा साथ बोलत बैजू स्पिरिट पिएका थिए ।

चिनियाँ सञ्चार माध्यमका अनुसार लाइभ स्ट्रीमिङको १२ घण्टापछि उनी मृत भेटिएका थिए । अहिले चिनीयाँ इन्टरनेटमा उनको मृत्यु चर्चाको विषय बनेको छ ।

पछिल्लो पटक चीनमा तिव्रताका साथ बढ्दै गएको लाइभ स्ट्रीमिङका लागि कडा नियम बनाउन अपील गरिएको छ ।

३४ वर्षीय ती व्यक्तिको अन्तिम नाम वाङ थियो र उनी लाइभ स्ट्रिममा चिनियाँ मदिरा पिउन एक्सपर्ट थिए । बैजू एउटा कडा स्पिरिट हो, जसमा ६० प्रतिशतसम्म अल्कोहल हुन्छ ।

मे १६ मा वाङले चार वटा प्रतिस्पर्धामा भाग लिएका थिए, जुन सामाजिक सञ्जाल इन्फ्लुएन्सरले एउटा सीमित समयमा आफ्ना प्रशंसकबाट उपचार प्राप्त गर्नका लागि एक–अर्काका साथ प्रतिस्पर्धा गर्छन् । भाङले तीन राउण्डसम्म हारेपछि सजायको रुपमा सात वटा बैजूको बोतल पिउनु परेको थियो ।

यो एपले यसअघि नै लाइभ स्ट्रीमको क्रममा मदिरा सेवन गर्न प्रतिबन्ध लगाएको छ । प्रयोगकर्तालाई चेतावनी दिनेदेखि लाइभ स्ट्रीमबाट नै प्रतिबन्धित गर्ने जस्ता सजाय दिइन्छ ।

वाङलाई पहिला पनि मदिरा सेवन गरेका कारण उक्त एपबाट प्रतिबन्धित गरिएको थियो, तर वाङले नयाँ अकाउन्ट बनाएर एपमा फिर्ता आएका थिए । चीनमा लाइभ स्ट्रीमिङको क्रममा अत्यधिक मात्रामा खाने र पिउने कारणले गर्दा धेरै मानिसले ज्यान गुमाइसकेको बताइएको छ ।

प्रकाशित मिति: ९ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्