सिड्नीस्थित ७ तले भवनमा भीषण आगलागी
सिड्नी । अस्ट्रेलियाको सिड्नी सहरमा एक सात तले भवनमा आगलागी भएको छ । बिहीबार भएको आगलागीलाई नियन्त्रणमा लिनका लागि १ सयभन्दा बढी अग्नि नियन्त्रकहरू खटिएका छन् ।
सो आगलागीले भवन ढल्न लागेको र अन्य भवनहरूमा पनि फैलिरहेको न्यु साउथ वेल्सको फायर एन्ड रेस्क्यू डिपार्टमेन्टले जनाएको छ ।
त्यस्तै, अग्नि नियन्त्रकहरुले आगलागी नियन्त्रण लिनका लागि प्रयासरत गरिरहेका छन् । घटनास्थलमा २० वटाभन्दा दमकल पुगेको बताइएको छ ।