बैतडीमा पहिलो पटक बीपी समृति टि ट्वेन्टी क्रिकेट प्रतियोगिता हुँदै


 


बैतडी, मंसिर २

बैतडीमा यही मंसिर ११ गतेबाट बीपी स्मृति टि ट्वेन्टी क्रिकेट प्रतियोगिता सुरु हुने भएको छ ।

बैतडी जिल्ला क्रिकेट संघ र लोकतान्त्रिक खेलकुद संघको संयुक्त आयोजनामा हुन लागेको प्रतियोगिता नकआउट प्रणालीमा निङ्गलाशैनी क्रिकेट मैदान देहिमाण्डौं र बुढाबाजे क्रिकेट मैदान रातामाटामा हुनेछ ।

प्रगियोगितामा प्रथम पुरस्कार एक लाख रुपैयाँ तथा द्वितीय ५० हजार रुपैयाँ राखिएको जिल्ला क्रिकेट संघका अध्यक्ष रमेस बोहराले जनकारी दिए ।

प्रतियोगितामा सहभागी हुने टिमले मङ्सिर ५ गतेभित्र टिम दर्ता गराईसक्नुपर्नेछ ।

यसअघि मङ्सिर ४ गतेबाट हुने भनिएको प्रतियोगिता विविध कारणले मङ्सिर ११ गतेका लागि सारिएको बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष बोहराले बताए ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्