प्रधानमन्त्रीद्वारा खेलाडीहरुलाई सम्मान


 


Prachanda-Chairman-of-Maoist-Centerकाठमाण्डौ , मंसिर २

एएफसी सोलिडारिटी कप फुटबल प्रतियोगिताको उपाधि विजेता नेपाली फुटबल खेलाडीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहालले सम्मान गरेका छन् ।

प्रधानमन्त्रीको निजी सचिवालय बालुवाटारमा आजआयोजित एक कार्यक्रममा प्रधानमन्त्री दाहालले खेलाडी, प्रशिक्षक तथा अफिसियलहरुलाई सम्मान गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री दाहालले खेलाडीहरुलाई सरकारले घोषणा गरेको जनही तीन लाख नगद पुरस्कार छिट्टै उपलब्ध गराउने आश्वासन दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले भूकम्पले आंशिक भत्किएको दशरथ रंगशालाको पुनःनिर्माणकार्य छिट्टै टुंग्याउने आश्वासन पनि दिए ।

साथै, उनले बद्लिँदो विश्व परिवेशअनुसार नेपाली खेलकुदको आधुनिकीकरण गर्न नयाँ ‘सेन्ट्रल स्टेडियम’ निर्माण गर्ने घोषाणासमेत गरे ।

सो रंगशाला कहाँ, कुनस्तरको र कहिले निर्माण गर्ने भन्नेबारे भने प्रधानमन्त्रीले केही खुलाएनन् ।

प्रकाशित मिति: २ मंसिर २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्