Deshko News
६ आश्विन २०८०, शनिबार

मणिपुर पुगे गृहमन्त्री शाह, हिंसा भड्किँदा प्रहरीसहित पाँच जनाको मृत्यु



एजेन्सी, जेठ १६
भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भएको पछिल्लो हिंसामा एक प्रहरीसहित कम्तीमा पाँच जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएका छन्।

स्थानीय सञ्चारमाध्यमका अनुसार सेरो र सुग्नु क्षेत्रमा आगजनीका घटना भएका थिए। आइतबार राज्यका धेरै भागमा भएका हिंसात्मक घटनामा पाँच जनाले ज्यान गुमाएका हुन्। परिस्थितिलाई नियन्त्रण बाहिर जान नदिन निषेधाज्ञा जारी गरिए पनि सोही अवधिमा हिंसा र आगजनीका घटना भएका हुन्।

गैरआदिवासी मेइती समुदायलाई अनुसूचित जनजाति (एसटी) मा समावेश गरेकोमा आदिवासी विरोध प्रदर्शनको क्रममा यो महिनाको प्रारम्भमा राज्यका विभिन्न भागमा हिंसात्मक दङ्गा भएका थिए । स्थितिको मूल्याङ्कन गर्न सङ्घीय गृहमन्त्री अमित शाहको आजदेखि हुने चारदिने भ्रमणको पूर्वसन्ध्यामा दङ्गा भड्केको हो ।

नयाँदिल्लीस्थित समाचारप्रधान टेलिभिजन च्यानल एनडीटीभीका अनुसार जातीय झडपमा हालसम्म कम्तीमा ८० जनाको ज्यान गएको छ भने झन्डै तीन सय जना घाइते भएका छन्। एक हजार सात सय घर खरानी भएका छन् ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News