Deshko News
६ आश्विन २०८०, शनिबार

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक



काठमाडौं, जेठ १६। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणको पूर्वसन्ध्यामा मन्त्रिपरिषद् बैठक बोलाइएको छ ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आज दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा भारत भ्रमणबारे छलफल हुँदैछ । भारत भ्रमणमा पाँच मन्त्रीसहितको टोली सहभागी हुने सोमबारको संसद् बैठकमा प्रधानमन्त्रीले जानकारी गराएका थिए ।

प्रधानमन्त्री प्रचण्ड चार दिने भ्रमणका लागि बुधबार छिमेकी मुलुक भारत प्रस्थान गर्नेछन् । भ्रमणका क्रममा सीमा समस्याबारे छलफलसहित केही सम्झौतामा हस्ताक्षर हुँदैछ ।

प्रकाशित मिति: १६ जेष्ठ २०८०, मंगलबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News