Deshko News
६ आश्विन २०८०, शनिबार

स्वास्थ्य मन्त्रालयका ८ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर, को कहाँ पुगे ?



काठमाडौं, जेठ १७
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालय मातहतका आठ जना उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेका हुन्।

यसरी जिम्मेवारी हेरफेर भएसँगै औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल आएका छन्।

परोपकार प्रसूति गृह स्त्रीरोग अस्पतालको निर्देशक डा. श्रीप्रसाद अधिकारी भएका छन् भने राष्ट्रिय ट्रमा सेन्टरको निर्देशकको जिम्मेवारी डा. बद्री रिजालले पाएका छन्।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको निर्देशकमा डा. रूद्र मरासिनी र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र निर्देशकमा डा. अनुज भट्टचनलाई जिम्मेवारी तोकिएको छ।

राष्ट्रिय औषधि प्रयोगशालाको निर्देशकमा भरत भट्टराईलाई पठाइएको छ। डा. चुमनलाल दास र डा. यदुचन्द्र गौतम मन्त्रालयमा काम गर्नेगरी जिम्मेवारी दिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: १७ जेष्ठ २०८०, बुधबार

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News